काठमाडौं, ७ चैत। कोरोना भाइरसबाट जोगिन सरकारले बुधबारबाट स्कुल, कलेज बन्द गरेसंगै काठमाडौं उपत्यकाबाट बाहिरीनेको सँख्या ह्वात्तै बढेको छ । यतिबेला राजधानीका मुख्य बसपार्क तथा टिकट काउन्टरमा यात्रुको भिड बढेको छ।
विश्वभरी फैलिएको कोरोना भाइरसका कारण सरकारले त्यसबाट जोगिनका लागी स्कुल, कलेज, सिनेमा घर, रंगशालालगायतका मानिस बढी भेला हुने स्थान बन्द गर्न निर्देशन दिएको थियो। स्कुल कलेज बन्द भएसँगै विद्यार्थीहरु, अभिवावकहरु तथा रोजगारीको क्रममा रहेकाहरुको राजधानी छोड्ने क्रम बढेको हो।
बिहीबार काठमाडौं उपत्यकाकाबाट बाहिरीनेको सँख्या ९० हजार २०४ पुगेको छ। उपत्यकाकाबाट हिजो १६ हजार ८२४ सवारी साधन बाहिरीएका छन।
उपत्यकाकाबाट बाहिरीनेको सँख्या अचानक बढेसंगै टिकट नपाईने र टिकटको कालोबजारी सुरु भएको छ।



लोकपाटी न्यूज

