काेराेना नियन्त्रणमा जनार्दन शर्माका आठ सुझाव

Janardan-Sharma
लोकपाटी न्यूज

काठमाडौं, ७ चैत। नेकपाका स्थायी समिति सदस्य तथा कर्णाली प्रदेशका ईञ्चार्ज जनार्दन शर्मा (प्रभाकर) ले कोरोना भाइरस (कोभिड-१९)  को विरुद्ध सरकार, पार्टी र जनता मिलेर तयारी गर्नु पर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै, नेता शर्माले कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि आठ सुझाव दिएका छन्।

१. बचाउ गर्ने बारे विभिन्न सुझावहरु आएको भएता पनि स्वास्थ्य क्षेत्र र विज्ञहरुको आधिकारिक सुझावमा मात्र ध्यान दिऊ।

२. स्वास्थ्यकर्मी र डाक्टरहरुको मनोबल बढाउ,उहाँहरुलाई सर्जिकल एप्रोन लगायत अन्य आवश्यक सामग्री उपलब्ध गराउ।

३. कोरोना भाइरस(कोभिड-१९) टेस्टकिड र मास्क लगायत अन्य सामग्रीहरु सरकारी स्टोरमा न्यून रहेकोले आवश्यक संख्या थपौ।

४. थप आइसोलेसन र क्वारेन्टाइनको लागि ठूला विद्यालय र होटेलहरु नै अहिले सबैभन्दा उपयुक्त हुने भएकोले सरोकार वालाहरुसँग सहमति गरौं।

५. संकट आउँदा खाद्यन्न तथा औषधि सप्लाइको लागि आवश्यक संयन्त्र तयार पारी राखौं।

६. मित्र राष्ट्रहरुको सहयोगको प्रतिबद्धताप्रति गम्भीर बनी आवश्यक सहयोग लिउ।

७. सतर्कताको कमीले महामारीमा बदलिएको कोरोना भाइरस(कोभिड-१९) विरुद्ध उच्च आत्मबलसहित प्रतिरोधका लागि तयार पारौं।

८. कोरोना भाइरस (कोभिड-१९) बाट डराएर होइन, अनावश्यक हल्ला गरेर हैन,त्यसबाट बच्ने उपाय सबै सम्म पुर्‍याउने र सम्बन्धि क्षेत्रका विज्ञका उचित भनाइलाई नकारात्मक टिप्पणी होइन अनुसरण गरौं र लागू गर्ने गरौं।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्