आज पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको दशौं स्मृति दिवस

Girija Prasad Koirala
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका तत्कालिन सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आज दशौं स्मृति दिवस हो। कोइरालाको आज भन्दा १० वर्ष अघि २०६६ साल चैत्र ७ गते निधन भएको थियो।

मुलुकको चार पटक प्रधानमन्त्री भएका कोइराला राष्ट्रिय राजनीतिको कोशेढुंगाका रुपमा रहेको बिस्तृत शान्ति सम्झौताका एक जना हस्ताक्षरकर्ता थिए। २०६२–६३ मा दोस्रो जनआन्दोलनको कोइरालाले नै अगुवाइ गरेका थिए। सशस्त्र युद्धमा रहेको तत्कालिन नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गिरिजाप्रसाद कोइरालाले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

राजनीतिक जीवनमा कोइरालाले पार्टभित्र र राष्ट्रिय राजनीतिका बिष्वायमा लिने अडान र निर्णयबारे बिरोध समेत हुने गरेको थियो। उनी वि।सं। ०४८ जेठ १२ देखि ०५१ मंसिर १४, ०५५ वैशाख २ देखि ०५६ जेठ १७, ०५६ चैत्र ९ देखि २०५८ साउन ११ र २०६५ जेठ १५ देखि २०६५ भदौ २ सम्म गरि चार पटक प्रधानमन्त्री भएका थिए।

कोइराला नेपाली काङ्ग्रेसका सभापति र सात राजनीतिक दलहरूको मोर्चाका नेता थिए। ६० वर्षभन्दा धेरै समय राजनीतिमा संलग्न भएका कोइरालाको जन्म १९८१ साल असार १८ गते भारत विहारमा भएको थियो। ०६६ साल चैत ७ गते उनको निधन भयो। नेपाली राजनितीमा कोइरालाको योगदान अतुलनीय रहेको छ।