उपत्यकाका पाँच स्थानमा सुपथ मुल्य पसल खोल्ने सरकारकाे तयारी

lekhraj_bhatta
लोकपाटी न्यूज

काठमाडौं, ६ चैत। सरकारले उपत्यकाका विभिन्न पाँच स्थानमा सुपथ मुल्य पसल खोल्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले छिटै नै उपत्यकामा सुपथ मुल्य पसल सञ्चालनमा ल्याइने बताएका हुन्।

बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले मिडियाले जनतालाई प्रशिक्षित गराउनु पर्ने बताउदै आजको समयमा मिडियाको भूमिका सबैभन्दा बढिरहेको भन्दै सरकारका कमी कमजोरी बारे जानकारी गराउन पनि आग्रह गरे ।

सम्मलेनमा मन्त्री भट्टले हालको अवस्थामा चार देखि छ महिनाका लागि खाद्यन्नको स्टक रहेको जानकारी दिए। बजारमा अलि बढि नै अभाव भयो भन्ने हल्ला सुनिएपनि अभाव विस्तारै कम हुदै जाने उनले बताए। साथै बजारमा ८ महिना पुग्ने औषधि भएको पनि उनले दावी गरे।

उनका अनुसार बजारमा उद्योगलाई आवश्यक कच्चा पदार्थ ४ देखि ६ महिनालाई पुग्ने मौज्दात रहेको छ, साल्ट ट्रेडिङसँग १० महिनालाई पुग्ने नुन र ३ महिना पुग्ने चिनी रहेको जानकारी दिए। चारदेखि छ महिना खाद्यान्नको अभाव नहुने उनको दावी छ ।

मन्त्री भट्टले पेट्रोल, डिजेल र मट्टितेलमा कुनै समस्या नभएको पनि बताए । ग्यास व्यवस्थित गर्न उनले व्यवसायी अनुरोध गरे । व्यवस्थित नगरे मन्त्रालयले कडा कदम चाल्ने चेतावनी दिए ।ग्यासको विकल्पका बिजुलीको प्रयोग गर्न र त्यसबाट खान पकाउन उनले उपभोक्तालाई अपिल गरे।

उनले माक्स र स्यानिटाइजरको कमै मात्र आपूर्ति भएर माग बढेकाले केहि अभाव सिर्जना भएको जानकारी दिए।
मन्त्री भट्टले ग्यास व्यापारीलाई हालसम्म ५६ लाख जरिबाना गरिसकीयको भन्दै कालोबजारी गर्नेलाई कैद गर्ने बारे पनि सोचिएको बताए। ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्