काठमाडौं। सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोना भाइरस नेपालमा आउने/नआउने कुनै ग्यारेन्टी नभएको स्पष्ट पारेका छन्। उनले भने, ‘रोग आउन पनि सक्छ, नआउन पनि सक्छ। यसबारे जनमानसमा झन बढी त्रास बढेको पाइएको छ।’
उनले नेपालमा जाँच नै हुँदैन कि रोग नै छैन भन्ने प्रश्न धेरैमा भएको भन्दै स्वस्थ व्यक्तिले मास्क लगाउन नपर्ने स्पष्ट पारेका छन्। उनले भने, ‘आतंकित नहोऔं, सचेतना अपनाऔं।’
पुनले हुलमुलमा नजान, कसैसित नजिक भएर कुरा नगर्न, साबुन पानीले हात धुँदा वैज्ञानिक आधारले धुन, संक्रमित भएमा घरको छुट्टै कोठामा बस्न पनि सुझाव दिए। पुनले यो महामारीबारे अशिक्षितलाई भन्दा पनि शिक्षितलाई सम्झाउन गाह्रो भएको समेत गुनासो पोखे।



लोकपाटी न्यूज

