रिपोर्टर्स् क्लवमा बोल्दै वरिष्ठ चिकित्सक एवं नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले कारोना संक्रमित देशभित्र भएको दाबी गरे। आवश्यक परीक्षण नहुँदा संक्रमित नदेखिएको भन्दै कतिपय बिरामीलाई परीक्षण नै नगरी फर्काइएको उनको दाबी छ।
उनले भने, ‘कोरोना भाइरसको संक्रमित भए पनि अस्पतालबाट ८५ प्रतिशत रुघाखोकी लागेर हराउने र १२ प्रतिशतलाई जाँचै नगरी पठाइएको छ। डाक्टरको सिफारिस बिना आफूलाई शंका लागेमा जाँच्न पाउनुपर्छ, यसको सबै बन्दोबस्त मिलाउन म सरकारलाई आग्रह गर्दछु।’
सरकारले आवश्यकतानुसार मात्र बिरामी जाँच्ने उपकरण मगाउने भनेकोमा आपत्ति जनाउदै डा. दिक्षितले राष्ट्रको ढुकुटीबाट तुरुन्त मेशीन (परिक्षण किट) ल्याउन आग्रह गरेका छन्। उनले भने, ‘परीक्षण किट तत्काल ल्याउनुपर्छ, ढिलाई गर्ने होइन।’
उनले आवश्यक मेशीन फास्ट ट्रयाकबाट ल्याउन पनि सरकारलाई सल्लाह दिए। दिक्षितले हरेक नेपालीलाई स्वास्थ्यको अधिकार भएकोले रोग जाँच्न नपाएमा संविधानविपरित हुने भन्दै यस्तो आपतमा मेशीन नल्याउँदा जनता आक्रोसित भई सडकमा आउन बाध्य हुनेतर्फ पनि सचेत गराए। उनले भने, ‘जनताको स्वास्थ्यमाथि खेलवाड गर्न पाइँदैन, तत्काल आवश्यक उपकरण ल्याउनुपर्छ।’



लोकपाटी न्यूज

