काठमाडौं,६ चैत। पूर्वप्रधानमन्त्री एंव समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन्। मुटुमा समस्या भएको महशुष भएपछि उनि बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका हुन।
ब्याक पेन भएपछी राती ८ बजेदेखि बाँसाबारीस्थित शहीद गंगालाल हृदय रोग केन्द्रमा उनलाई भर्ना गरिएको समाजवादी पार्टिका नेता विश्वदीप पाण्डेले जानकारी दिएका छन्। भट्टराईको एन्जियोग्राफ्री लगायतको परीक्षण गरिएको छ । प्रारम्भीक सबै परीक्षण ठीकठाक देखिएपछि उनलाई आजै डिस्चार्जको तयारी गरिएको छ।
भट्टराईको अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीसहितको टोलीले उपचार गरेको थियो ।



लोकपाटी न्यूज