काठमाडौं, ५ चैत। सभामूख अग्निप्रसाद सापकोटा र संसदीय समितिका सभापतिहरूको भेट रोकिएको छ। बुधबारका लागि तय भएको सभामूख अग्निप्रसाद सापकोटा र संसदीय समितिका सभापतिहरूको भेट रोकिएको हो।
सभामूखका रूपमा सापकोटाले यस किसिमको पहिलो छलफल गर्न खोजेका थिए। विधेयकहरूमा भइरहेको ढिलाइ, समितिहरूको समन्वय, विभिन्न गुनासा, नयाँ योजनाका बारेमा सभामूखले समिति सभापति र सचिवसँग छलफल गर्ने कार्यक्रम तय भएको थियो।
कोरोनाको त्रास सबैतिर छ, सभामूखका प्रेस संयोजक श्रीधर न्यौपानेले भने, सबै ४०/५० भइने रहेछ। यति ठूलो संख्यामा जम्मा भएर छलफल नहुने कि भन्ने कुरा उठ्यो। न्यौपानेका अनुसार, केही समिति सभापतिहरू काठमाडौं बाहिर रहेकाले पनि बैठक बस्न नसकेको हो।



लोकपाटी न्यूज

