आठ हजारको नजिक पुग्यो कोरोना भाइरसबाट मर्नेको संख्या

Corona Safty Kids
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं, ५ चैत। विश्वव्यापी संक्रमणका रुपमा संसारभर फैलिएको कोरोना भाइरस ‘कोभिड १९’ को कारण मर्नेको संख्या बढीरहेको छ । गत डिसेम्बर अन्तिम साता चीनको वुहानबाट फैलिएको यो भाइरस ‘कोभिड १९’ यतिबेला चीनमा क्रमिक रुपमा घट्दै जाँदा युरोप र अमेरिकामा व्यापक रुपमा फैलँदो छ । युरोपमा अत्यावश्यक कारोबारबाहेकका अन्य सेवा बन्द गरिएको छ । औषधी हालसम्म पत्ता नलागेको यो भाइरसबाट अर्थतन्त्रमा पनि ठुलो क्षति पुगेको छ ।

यसैबीच कोरोनाका कारण मृत्यु हुनेको संख्या सात हजार ९ सय एकानब्बे पुगेको छ । संक्रमित संख्या दुईलाख नजिक पुगेको छ । एक लाख ९८ हजार नौ सय चवन्न जना संक्रमित भएका छन् । यसैबीच ८२ हजार ७ सय ७९ जना मानिस उपचारपछि घर फर्किएका छन् । ज्वरो रुघाखोकी र श्वासप्रश्वासमा समस्या यस रोगका प्रमुख लक्षण हुन् ।
२ देखि १४ दिनमा यसको असर देखिन सक्छ । अनुसन्धाताको अनुसार केहि नमुनामा यो १९ दिनसम्म बाँचेको देखियो । ८० वर्षमाथिका मानिसलाई यो संक्रमण भएमा यसैका कारण मृत्यु हुने संभावना १४.८ प्रतिशत हुन्छ ।