सरकारको गलत कार्यशैलीविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्नुपर्छ: सभापति देउवा

Sher Bahadur Deuwa
लोकपाटी न्यूज

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको कार्यशैलीविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्नुपर्ने बताएका छन् । प्रजातन्त्रका लागि पुनः संघर्ष गर्नुपर्ने बेला आएको भन्दै देउवाले यस्तो धारणा व्यक्त गरेका हुन् । महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंमा आयोजना गरेको महेन्द्रनारायण निधिको ९८औँ जन्मजयन्ती समारोहमा उनले सरकारको गलत कार्यशैलीविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्नुपर्ने धारणा राखेका हुन् ।

सभापति देउवाले कांग्रेसको आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक हुने बताएका छन् । हिंसामुक्त समाज निर्माण र प्रजातन्त्रको रक्षाका लागि कुनै पनि सम्झौता नगरिने बताउदै सभापति देउवाले कांग्रेसको आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक रहने बताएका छन् । पार्टीमा रहेका केही समस्याको समाधान पार्टीभित्रैबाट खोजिने द्उवाले बताए ।

कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधिले सत्तापक्षबाटै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा चुनौती उत्पन्न भइरहेको आरोप लगाए भने अर्का नेता प्रकाशमान सिंहले सरकारका क्रियाकलापबाट जनता आजित भएको टिप्पणी गर्दै यस्तो परिस्थितिमा कांग्रेसले जनताको अपेक्षाअनुसार काम गर्न सक्यो कि सकेन भनेर पनि स्वमूल्याङ्कन गर्नुपर्ने बेला आएको बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्