काठमाडौं, १२ फागुन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ग्याल्बो ल्होसार पर्वको शुभकामना दिएका छन्। ल्होसारले आपसी भ्रातृत्व, मित्रता, सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ गर्दै देशलाई आर्थिक समृद्धिमा लैजान सबैमा प्रेरणा मिल्ने प्रचण्डले विश्वास व्यक्त गरेका छन्।
ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले नेपाली समाज बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधताले भरिएकाले अनेक जातीय समुदायसँगको सामिप्यता र सम्मानजनक सामाजिक सद्भाव नेपाली समाजको विशेषता भएको बताएका छन्।
‘देशको यही विविधताभित्रको एकता नै नेपाल र नेपालीको मौलिक पहिचान हो। यस पर्वका अवसरमा सम्पूर्ण नेपाली जनसमुदायको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछु।’ सन्देशमा भनिएको छ।




लोकपाटी न्यूज

