काठमाडौं । जन्म दिवस मनाउन प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओली तेह्रथुम जाने भएका छन् । ६९औं जन्म दिवश मनाउन प्रधानमन्त्री ओली तेह्रथुम जान लागेका हुन् । प्रधानमन्त्री ओली यसपटक पुर्खौली घर तेह्रथुमको आठराई गाउँपालिका–४ तीनसल्ले खानीगाउँ जाने भएका हुन् । यसअगाडि काठमाडौंमै जन्म दिन मनाउँदै आएका थिए ।
प्रधानमन्त्री ओली तीनसल्लेमै जन्मेका थिए भने बाल्यकाल पनि त्यही बितेको थियो । पछि झापा बसाइ झरेका ओलीको अहिले भने भक्तपुरमा बसोबास रहिआएको छ । प्रधानमन्त्री ओली आज तेह्रथुम जाने भएपछि जन्मदिनको अवसर पारेर शनिबार नै ‘भिजन टु एक्सन’ पुस्तक सार्वजनिक गरेका थिए ।



लोकपाटी न्यूज

