नयाँ पेट्रोलपम्पलाई फागुनभित्रै स्वीकृति दिने तयारी

Petrol
लोकपाटी न्यूज

काठमाडौँ । नेपाल आयल निगमले फागुन महिनाभित्रै नयाँ पेट्रोलपम्पलाई सञ्चालनको स्वीकृति दिइने तयारी छ । दस महिनाअघि आवदेन लिएको निगमले प्रक्रियागत छानबिन अन्तिम चरणमा पु¥याएको हो । निगमको छानबिन समितिले मापदण्डअनुसारका निवेदनको पहिचान गरिसकेको निगमले जनाएको छ ।

निगमले फाुगनभित्रै नयाँ पम्पको स्वीकृत दिने तयारी गरेको छ । छानबिन गरेर अब अन्तिम प्रक्रियामा पुगेको र मापदण्ड पूरा गरेका र आवश्यकता रहेका स्थानमा सबैले स्वीकृत पाउने छन् । नयाँ पम्पका लागि एक हजार २५ व्यवसायीले आवेदन दिएका थिए । निगमले विशेषगरी काठमाडौँ उपत्यकाबाहिरका र ठूला तथा साना सहरोन्मुख क्षेत्रका लागि गत वैशाखमा आवेदन खुलाएका थियो ।

सबैभन्दा धेरै प्रदेश २ बाट ३ सय ४३ वटा आवेदन परेका छन् । सबैभन्दा थोरै कर्णाली प्रदेशबाट २२ वटा मात्र छन् । त्यस्तै प्रदेश १ बाट १सय ८९, बाग्मती प्रदेशबाट १सय ३१, गण्डकीबाट २७, प्रदेश ५ बाट दुई सय र सुदूरपश्चिम प्रदेशबाट ५६ वटा आवेदन परेका छन् । निगमले चलिरहेका पम्पहरू केही सुधार गर्ने र दुई वर्षअघि आवेदन खुलाएको नमुना पेट्रोलपम्पको प्रावधान यथावत् राखी नयाँ पम्पका लागि नयाँ विनियमावली ल्याएर आवेदन खुलाएको हो ।

नेपालमा हाल एक हजार पाँच सय पम्प छन् । एक हजार २५ वटा नयाँ आवेदन परेका छन् । नयाँ सबैले इजाजत पाए भने पम्पको सङ्ख्या दुई हजार पाँच सय पुग्ने छ । पाँच वर्षअघि पेट्रोल डिजेलको माग भन्दा अहिले दोब्बरले बढेको छ । हामीले पाँच वर्षमा खुला गरेका छौँ, सवारीसाधनको वृद्धि भएको छ ।

सहरोन्मुख गाउँका घरघरमा मोटरसाइकल रहेको तर पेट्रोल हाल्न सदरमुकाम आउनुपर्ने बाध्यता रहेको अवस्थामा पम्प सञ्चालनको सम्भावना र आवश्यकता महसुस गरी आवेदन खुला गरेको निगमले बताएको छ । तर पेट्रोलियम व्यवसायीले भने यति धेरै पम्प थप्न नपर्ने जनाएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्