उपेन्द्र न्यौपाने
जुम्ला । बुधबार जुम्लामा चौथो निर्वाचन दिवसको अवसरमा वक्तृत्वकाल प्रतियोगिता गरिएको छ । जिल्ला निर्वाचन कार्यालय जुम्लाको आयोजनामा चन्दननाथ माध्यामिक विद्यालयमा प्रतियोगिता गरिएको हो । प्रतियोगितामा चन्दननाथ माध्यामिक विद्यालयका ७ जना विद्यार्थीहरुले भाग लिएका थिए ।
लोकतन्त्र र निर्वाचन भन्ने शिर्षकमा वक्तृत्वकला प्रतियोगिता गरिएको थियो । जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख अभिनन्द चौलागाइले निर्वाचन दिवस २०७६ तथा मतदाता नामावली सप्ताहका साथै वक्तृत्वकला प्रतियोगताका बारे प्रकाश पार्दै लोकतन्त्रका लागी निर्वाचनको योगदानको चर्चा गरेका छन् ।
प्रतियोगितामा प्रथम गजेन्द्र कुमाइ, द्धितिय कबिता महतारा र तृतिय देबकी रावल हुनु भएको छ । क्रमश प्रथम, द्धितिय र तृतियलाइ १२ सय, ८ सय र ४ सय रुपैया नगद सहित प्रमाण पत्र उपलब्ध गराइएको छ । उक्त पुरस्कार जिल्ला समन्वय समिति जुम्लाका कार्यवहाक प्रमुख जयराज भारतीले वितरण गरेका थिए ।
वितरण कार्यक्रममा बोल्दै जयराज भारतीले प्रतियोगिताको प्रजातन्त्रको सुन्दर पक्ष निर्वाचन भएको र यही विषयमा विद्यालय स्तरीय वतृत्व कलाले विद्यार्थीहरुमा प्रजातन्त्र र निर्वाचनको बारेमा ज्ञान हुने बताए । उनले बोल्ने कलाको बारेमा ज्ञान हुने भएकोले यस्तो वतृत्वकलात्मक कार्यक्रमहरु सबै विद्यालयहरुमा संचालन गर्न आवश्यक रहेको भारतीले बताए ।
चन्दननाथ माध्यामिक विद्यालयका प्रध्यानाध्यापक टंकवहादुर महतले वक्तृत्वकला प्रतियोगिताले विद्यार्थीहरुमा प्रतिस्प्रर्धाको भावना जाक्ने बताए । विद्यार्थीहरुको क्षमता बढाउन र व्यक्तित्व विकास गर्नको लागि कोरा शिक्षाले मात्र नपुग्ने भन्दै चौतर्फी रुपमा ज्ञान हुनु पर्ने बताए । वक्तृत्वकला प्रतियोगताको निर्णाक मण्डलको जिम्मेवारी जिल्ला समन्वयका निमित्त समन्वय अधिकारी दुर्गा स्वाँर, चन्दननाथ नगरपालिका अन्तर्गतका फोहोर मैला तथा सरसफाइ शाखाका लक्ष्मीचन्द्र न्यौपाने र चन्दननाथ विद्यालयकी शिक्षीका रुपा भट्टराईले गरेकी थिइन।



लोकपाटी न्यूज

