महराविरुद्धको मुद्दाको आज फैसला हुने

krishna-mahara
लोकपाटी न्यूज

काठमाण्डौ । पूर्व सभामुख कृष्ण बहादुर महरामाथि लागेको मुद्धाको आज फैसला हुने भएको छ । महरालाई लागेको यौन दुव्र्यवहारसम्बन्धी मुद्दाको फैसला हेर्दाहेर्दैमा राखिएकाले सोमबार हुने भएको हो ।

मुद्दाको सुनुवाई हिजै सकिए पनि हेर्दाहेर्दैमा राखिएकाले फैसला सोमबार मात्रै हुने काठमाण्डौ जिल्ला अदालतले जनाएको छ । न्यायाधीश अम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ सकिएको हो ।

संघीय संसदको सचिवालयमा कार्यरत कर्मचारीमाथि बलात्कार प्रयास गरेको अभियोगमा महराविरुद्ध जिल्ला अदालत काठमाण्डौमा मुद्दा दर्ता भएको थियो । महरा गएको कात्तिक १८ देखि पुर्पक्षका लागि डिल्लिबजार कारागारमा थुनामा छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्