सरकार ढाल्ने षड्यन्त्र: प्रधानमन्त्री ओली

Jhapa_2076-11_4 (7)
लोकपाटी न्यूज

काठमाडौं । सरकार ढाल्ने षड्यन्त्र भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । आइतबार गृहजिल्ला झापा पुगेका प्रधानमन्त्री ओलीले सरकार ढाल्ने षड्यन्त्र भइरहेको अभिव्यक्ति दिएका हुन् । दुई वर्ष पुगेको अवसरमा संसद्लाई सम्बोधन गर्दै बलियो सरकार रहेको र कसैले हल्लाउन नसक्ने दावी गरेको भोलिपल्ट उनले यस्तो बताएका हुन् ।

गृहनगर दमकमा सडक तथा पुलको उद्घाटन र शिलान्यास कार्यक्रममा बोल्दै उनले शक्ति केन्द्रहरूले षड्यन्त्र गरिरहेको संकेत गरे । ‘तपाईंहरूलाई लाग्ला, बहुमत छ । बहुमत भए पनि फर्की–फर्कीकन फेरि उनीहरू यो सरकारलाई असफल पार्ने, ढाल्ने, बदनाम गर्ने षड्यन्त्रमा लागिरहेका छन्,’ प्रधानमन्त्री ओलीले थपे, ‘म भन्न चाहन्छु(अरू कसैैले हैन, कुनै शक्तिले हैन, हामीलाई सरकारमा पु(याइदिएको, हाम्रो सरकार बनाइदिएको तपाईंहरूले हो ।

जनताको आशीर्वाद, शुभेच्छा र शुभकामना रहेसम्म सरकारलाई कसैले हल्लाउन नसक्ने बताएका छन् । उनले आफू पाँच दशकदेखि लडेर आएको र अझै पनि प्रतिक्रियावादीसँग लड्ने बताए । ‘१४ वर्ष जेल जीवन बिताउनुप(यो, ६ वर्ष भूमिगत बस्नुप(यो । २० वर्ष त पञ्चायतविरुद्ध संघर्ष गर्नुप(यो । त्यसको १८ वर्षपछिसम्म राजतन्त्रविरुद्ध संघर्ष गर्नुपयो ।

त्यसपछि पनि अनेक जालझेलविरुद्ध संघर्ष गरिरहनुपरेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘मेरो जिन्दगी रोगसँग लडेर, प्रतिक्रियावादीसँग लडेर, जनविरोधी शक्तिसँग लडेर यतिकै बितेको छ । त्यसकारण म सधैँ लडाइँको मैदानमा खडा छु ।’ मुकाविला गर्न नसक्नेहरूले मर्ला कि भनेर आश गरेको आरोप पनि लगाए । ‘४६ वर्ष भयो रोगसँग लडेको । विरोधीहरू मुकाविल गर्न सक्दैनन् । मर्ला कि भनेर आश गर्छन् । मर्न त मर्छु एक दिन, तर अहिले हैन, अलिक पछि,’ उनले भने ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्