उपत्यकाको सवारी आगमन सहज बनाउने तयारी

traffic
लोकपाटी न्यूज

काठमाण्डौं । ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको सवारी आगमन सहज बनाउने तयारी थालेको छ । उपत्काको चुस्त ट्राफिक व्यबस्थापनका लागी ट्राफिक प्रहरी महाशाखाले चालेका अभियान एवं कार्यक्रमहरुले सडक अनुशासनमा थप सुधार भएकोर आम सडक प्रयोगकर्ताहरुको सवारी आवागमनमा सहजता थपिएको छ ।

महाशाखाले संचालन गरेका ३ महिने ट्राफिक उज्यालो अभियान, पैदलयात्री सुरक्षा बिशेष कार्यक्रम, यात्रुमैत्री अभियान, बिशिष्टिकृत सचेतना कार्यक्रम, स्वंयमसेवक परिचालन साथै ट्राफिक लाईटको व्यवस्था, सिसिटिभी निगरानीमा तिव्रता समेतका कारणले ट्राफिक व्यबस्थापनमा सुधार हुदैँ गरेको आभाष भएको छ ।

सवारीलाई प्रभावकारी वनाउन स्थलगत रूपमा अपरेसनल सुधार गर्न लागेको जनाएको छ । रिङ्गरोडभित्रका बढी प्रेसर हुने स्थान र चोकहरूमा स्थलगत अध्ययन गरी सुझाव पेश गर्न यस महाशाखाका प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठको संयोजकत्वमा प्रहरी निरीक्षक दामोदर सिलवाल र ट्राफिक प्रहरीमा लामो समय कार्यरत रहि अबकास हुनु भएका प्रहरी निरीक्षक सिताराम हाछेथु गरि ३ सदस्य ट्राफिक सुधार सुझाव समिति गठन गरेको जानाकारी गराएको छ।

समितिले बढी प्रेसर हुने विभिन्न स्थानहरूको स्थलगत अध्ययन गरी कुन कुन ठाँउमा राइट टन , यु टन , क्रसिगं निषेध गर्ने,कुन सडकलाई वान वे कायम गर्ने, टाफिक कोन राखी जाम हटाउने, अब्यबस्थित पार्किङ्गहरु हटाउने, पिक एण्ड ड्रपलाई पुनराबलोकन गरी व्यबस्थापन गर्ने लगायतका अपरेसनल सुधारका बिबिध बिषयमा स्थलगत अध्ययन र सम्बन्धित सरोकारवाला निकायहरुसँग समन्वय गरेरसुझाब पेश गर्ने प्रहरी बरिष्ठ उपरीक्षक ढकालले बताए।

महाशाखालेप्रधानमन्त्री कार्यालयका सहसचिवज्यूको संयोजकत्वमा गठित कार्यदलले समेत ट्राफिक व्यबस्थापन सुधार सम्बन्धी अल्पकालीन कार्ययोजना बमोजिमका कार्यहरुलाई पनि बिशेष प्राथमिकताका साथ कार्यान्वयन गरिरहेकोछ ।।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्