आज प्रधानमन्त्रीको सम्बोधन

Kp oli
लोकपाटी न्यूज

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् । ओली नेतृत्वको सरकारका दुईवर्षे कामकारबाहीबारे सदनलाई जानकारी दिन प्रधानमन्त्रीले सम्बोधनको समय मागगरेका हुन् ।

प्रतिनिधि सभा सचिवालयले शुक्रबार दिउँसो २ बजेको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । वर्तमान सरकार बनेको फागुन ३ गते दुई वर्ष पूरा हुने भए पनि शनिबार परेका कारण शुक्रबार नै प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्