बर्दियाको मुहार फेर्दै सासंद थापा

parbati thapa
लोकपाटी न्यूज

काठमाडौं, २७ माघ। सांसद तुलसी थापाको पहलमा बर्दियाको बांसगढी नगपालिकाको पूर्वपश्चिम राजमार्ग अन्तर्गत बांसगढी बजार क्षेत्रमा सडक विस्तार (बाटो चौडा) बनाउने कार्य सुरु भएको छ। सड्क विस्तारको लागि सांसद थापाको पहलमा नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट रु ५ करोड विनियोजन गरिएको थियो।

सोमबारदेखि ७ सय ५० मिटर ४ लेनको बाटो निर्माणको कार्य सुचारु भएको छ। भोलिको दिनमा अझै सडकको बृहत रुपमा बिस्तार कार्य गरिने सांसद थापाले बताइन्। सडक विस्तार कार्य सुरु भएपछि स्थानीय खुसी भएका छन्।

व्यापारिक र औद्योगिक हिसाबले बांसगढी बजार बर्दियाको महत्वपूर्ण स्थान हो। बर्दियाको मुहार फेर्न सडक विस्तारको कार्यले महत्वपूर्ण भूमिका खेल्ने छ।

bardiya 2

bardiya

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्