आजको मौसम: हल्का हिमपात र वर्षा हुने सम्भावना

weather
symbolic photo
लोकपाटी न्यूज

काठमाडौं ।शनिबार हल्का हिमपात तथा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानाकारी गराएको छ । नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभावका कारण उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात र पहाडी भू-भागमा हल्का वर्षाको संभावना रहेको भन्दै महाशाखाले सर्तकता अपनाउन भनेको हो।

हाल नेपालको पश्चिमी भू-भागमा कमजोर पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेको छ।  देशको पश्चिमी पहाडी भ-भागमा सामान्य बदली र अन्य पहाडी भू-भागका स्थानमा आंशिक बदली रहेको छ। तराईका भु-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाइको छ।

देशको पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा र पूर्वी तथा मध्य पहाडी भु-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । रातीको समयमा देशका पूर्व र मध्य पहाडी भू-भागमा आंशिक बदली देखि सामान्य बदली सहित एक-दुई स्थानहरुमा हल्का वर्षा हुनुका साथै बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

माघ २६ गते आईतबार दिउँसो देशका पूर्वी भू-भाग र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा सामान्यतया सफा रहने छ। देशको पूर्वी पहाडी भू-भागका १-२ स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। रातीको समयमा देशका पूर्व र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

माघ २७ गते सोमबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा सामान्यतया सफा रहने छ। रातीको समयमा देशका पूर्व र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भ-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्