काठमाडौं। सिरियाको इदलिब प्रान्तमा हवाई कारबाहीमा परी नौ जना सर्वसाधारण मारिएको एजेन्सीले जनाइएको छ। रुसी सेनाले गरेको विद्रोही लक्षित सो कारबाही परी कम्तीमा नौ जना सर्वसाधारण मारिएको जनाइएको हो। रुस आवद्ध सेनाले बुधबार बिहानै सो क्षेत्रमा आक्रमण गरेको अधिकारीले जनाएका छन।
मारिएका सर्वसाधारणमा केही बालबालिका पनि परेका मानवअधिकारवादी संघसंस्थाले जानकारी दिएका छन्। सिरियन अब्जरभेटरी अफ हयुम्यान राइटसले इदलिब प्रान्तमा केही समय यतादेखि हिंसात्मक हमला नभएकोमा सोमबार यस प्रकारको हमला भएको पाइएको जनाएको छ। सो आक्रमण सोमबार बिहानबाट निरन्तर रहेको बताइएको छ।
अधिकारीले यस हवाई आक्रमण रुसआवद्ध रहेको सेनाले गरेको हुनसक्ने अनुमान गरिएको पनि प्राप्त समाचारमा जनाइएको छ। सिरियाली सरकारको सहयोगमा रुसमा विद्रोहीलाई लक्षित गरी रुसी सेनाले विभिन्न प्रान्तमा गर्दै आएको हवाई आक्रमणमा बारम्बार सर्वसाधारणको मृत्यु भएको पाइन्छ। सिरियामा सन २०११ को मार्च महिनाबाट यहाँका राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै जनआन्दोलनमा सुरु भएको थियो।
सो जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो। वर्षौंदेखि जारी गृह युद्धका क्रममा सिरियामा हालसम्म तीन लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ। यहाँको यस प्रकारको गृहयुद्धबाट लाखौं व्यक्ति घाइते भएका बताइएको छ। त्यसैगरी, यहाँको हिंसामा परी लाखौ व्यक्ति देशभित्र र छिमेकी देशमा शरणार्थी बन्न बाध्य भएका छन्।



लोकपाटी न्यूज

