क्यान्सर के हो ?

cancer
लोकपाटी न्यूज

काठमाडौं । क्यान्सर गम्भिर प्रकारका रोग हो । जुनसुकै प्रकारको क्यान्सर लागेपनि शरीर र अर्थ दुबैको क्षति हुन्छ । क्यान्सरको बेलैमा पहिचान गर्न सकियो भने रोकथाम गर्न सकिन्छ । क्यान्सरको लक्षण देखिदै आत्तिनु भन्दा पनि नियमित रुपमा चेकजाँच गर्नु बुद्धिमानी हुन्छ । क्यान्सर एक प्रकारको घाउ हो जुन फैलिंदै जान्छ र अन्त्यमा बिरामीको मृत्युको कारण बन्छ ।
हरेक वर्षको फेबु्रअरी ४मा विश्व क्यान्सर दिवश मनाउने गरिन्छ ।

संसारमा क्यान्सर रोगको स्थायी उपचार अहिलेसम्म पत्ता लागेको छैन । समय रहँदै यस रोगको उपचार सही तरिकाले नभएको खण्डलाई यसलाई रोक्न मुश्किल हुन्छ । विश्व क्यान्सर दिवशको प्राथामिक लक्ष्य क्यान्सरले निम्त्याएको विरामी र मृत्युलाई कम गर्नु हो । विश्व क्यान्सर दिवशले क्यान्सर सम्बन्धी गलत धाराणालाई कम गर्ने, जागरुपता सिर्जना गर्ने जस्ता काम गरी क्यान्सर पीडितहरुलाई सहयोग गर्ने काम गर्छ । पेरिस अगेन्स्ट क्यान्सरको बडापत्र, जुन अनुसन्धानलाई बढावा दिन, क्यान्सर रोकथाम गर्न, बिरामीको सेवा सुधार गर्नका लागि तयार गरिएको थियो ।

एक अध्ययनका अनुसार संसारभरी क्यान्सरबाट हुने कुल मृत्युको १० प्रतिशत धेरै खाना आएर या पौष्टिक आहारको कमीका कारण तथा मदिरा सेवन र नियमित व्यायामको कमीले हुने गरेको देखाएको छ । २२ प्रतिशत सुर्तिजन्य पदार्थ सेवनका कारण हुने गरेको पाइन्छ । सुर्तीमा भएका हजारौँ रसायनले हाम्रो फोक्सोमा भएका आनुवंशिक गुण बोक्ने डीएनएलाई बिगारिदिन्छन्। फलस्वरूप स्वस्थ कोषबाट क्यान्सरजन्य कोष बन्न थाल्छन्। ५ देखि १० प्रतिशतसम्म क्यान्सर पुस्तैनी रुपमा जीनमा आउने खालको आनुवांशिक क्यान्सर पनि हुने गरेको पाइन्छ । अन्य कारणमा विकिरण र अन्य संक्रमणहरुबाट हुने गरेको पाइन्छ ।

नेपालीमा क्यान्सरलाई अर्बुदरोग भनिन्छ । क्यान्सरको उपचारात्मक स्वास्थ्य विज्ञानलाई ओकोंलोजी भनिन्छ । क्यान्सरको उपचारकालागि विकिरणहरु प्रयोग गरि क्यान्सर भएको ठाउँमा सेक्ने गरिन्छ । यस्तो पद्धतीलाई केमोथेरापी भनिन्छ र केमो गर्दा विरामीहरुको अधिकांश कपाल झर्ने भएकाले आज संसारभरिका मान्छेहरुले आफ्नो कपाल काटेर क्यान्सर पिडितलाई पूर्नप्रयोगकालागि दान दिने र सामाजिक सञ्जालमा पनि कपाल विनाको तस्वीर राखेर क्यान्सर विरुद्धको एैक्यवद्धता जनाउने चलन रहेको छ ।

शरीरको कुनै पनि अंगमा निरन्तर दुखाइ महसुस हुन्छ भने दुखाईलाई वेवास्ता गर्नु हुदैन । पेन किलर खाएर दुखाइ कम गर्ने मुर्खता झन गर्नै हुदैन । महिलामा हुने स्तन क्यान्सर शुरुमा पत्ता लगाउन निक्कै गाह्रो हुने गरेको छ । ज्वरो आउनु पनि शरीरमा सञ्चो नभएको संकेत हो । नियमितरुपमा ज्वरो आउनु पनि क्यान्सरको लक्षण हो । क्यान्सर रोग लाग्ने समयमा विभिन्न प्रकारले लामो समय सम्म ज्वरो आउने समस्या हुन सक्छ । कहिले काँहि सिजलन ज्वरो आएको भनेर लापर्वाही गर्दा गम्भिर समस्या निम्तन सक्छ ।

एकाएक दुब्लाउने, शरीरको बजन १ वा डेढ सातामै १० प्रतिशतसम्म कम भएमा तत्काल जाँच गराउन पर्छ । कुनै शारीरक अभ्यास नै नगरीकन तौल घट्नु वा दुब्लाउनु राम्रो संकेत होइन। डाइटिङ नै गर्दा पनि एकाएक तौल घट्नु राम्रो संकेत होइन। जतिबेला पनि थकान र कमजोर अनुभव गर्न थाल्नु भो भने बुझ्नुस् शरीर अस्वस्थ छ । क्यान्सरका शुरुवाती लक्षणमा थकान र कमजोर हुनु पनि पर्छन् । खासगरी चुरोट वा खैनी सेवन गर्नेहरुलाई यसमा विशेष ध्यान दिनु पर्छ । कतिपय अवस्थामा रक्तचाप कम हुँदा पनि थकाइ लाग्ने र कमजोर महसुस हुने हुन्छ ।

जतिबेला पनि तनाव हुन्छ । दिशा र पिसावको रंग बदलिएको छ भने सतर्क बन्नुस् । यस्तो अवस्थामा सके सम्म छिटो डाक्टरकोमा जानु राम्रो हुन्छ । अधिकाँश मानिस ब्यस्त जीवन नै तनावको कारण भन्ने ठान्छन् तर कहिले काँही यस्तो हुनु गम्भिर समस्याको संकेत हुन सक्छ । क्यान्सका लक्षण मध्ये अत्याधिक तनाव र शरीर चिलाइरहने समेत पर्छन् ।

शरीरमा हजारौको संख्यामा खराब कोशिका हुन्छन् । प्रत्येक सेकेन्डमा नयाँ कोशिका पैदा हुन्छ र पुरानो खराब कोशिका नष्ट हुन्छन् । तर क्यान्सर भएमा रातो तथा सेतो रक्तकोषिको सन्तुलन विग्रन थाल्छ । र, कोषिकाको विकास अनियन्त्रित रुपमा भएर क्यान्सरको रुपमा परिणत हुन्छ ।हरेक वर्ष क्यान्सरकै कारण लाखौं मानिसको ज्यान जाने गरेको छ । संसारभर करोड भन्दा बढि मानिस क्यान्सर पीडित छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्