काठमाडौं । सरकारले हुबेमा रहेका नेपाली नागरिकहरूलाई उद्धार गर्ने निर्णय गरेको थियो। तर, उनीहरूलाई नेपालमा ल्याएर दुई सातासम्म स्वास्थ्य निगरानीमा राख्ने स्थान तय हुन नसक्दा हालसम्म कहिले उद्धार गर्ने भन्ने टुङ्गो नलागेको बताएका छन्।
सरकारले एउटा विशेष विमान पठाएर हुबेमा रहेका नेपाली नागरिकहरूको उद्धार गर्ने निर्णय गरेको थियो।सोही निर्णय अनुसार बेइजिङस्थित नेपाली दूतावासले त्यहाँ रहेका नागरिकहरूलाई आवेदन दिन आह्वान गरेको थियो। आवेदनका लागि चिनियाँ समय अनुसार आइतवार बिहान ९ बजेसम्मको समय दिइएकोमा १८० जनाले आफूहरूलाई उद्धार गरिदिन आग्रह गरेको दूतावासले जनाएको छ।
नागरिकहरूको उद्धार गर्ने निर्णय भएको तीन दिनसम्म पनि नेपालमा ल्याएर उनीहरूलाई कहाँ राख्ने भन्ने टुङ्गो लाग्न सकेको छैन। उद्धार र त्यसपछि उनीहरूलाई नेपालमा स्वास्थ्य निगरानीमा राख्नेबारे प्रधानमन्त्री तहबाटै निर्णय भए पनि विभिन्न निकायबीच समन्वय नहुँदा समस्या देखापरेको कतिपय जानकारहरू बताउँछन्।
स्वास्थ्य मन्त्रालयका अनुसार उद्धार गरिएकाहरूलाई सुरक्षित रूपमा राख्ने स्थानको खोजी भइरहेको छ। मन्त्रालयका अनुसार सोमवार पाँचवटा टोलीले विभिन्न स्थानहरूमा गएर निरीक्षण गरेको थियो । आज मङ्गलवार बिहान उनीहरूले छलफल गर्नेछन् । आज मङ्गलवार बेलुकासम्ममा निर्णय गर्ने जनाएको छ ।
जनस्वास्थ्य विज्ञहरूका अनुसार कोरोनाभाइरस सङ्क्रमित क्षेत्रबाट उद्धार गरिने व्यक्तिहरूलाई उक्त भाइरस लागेकै छ भन्ने नभए पनि दुई सातासम्म निगरानीमा राख्नुपर्ने हुन्छ। त्यसका लागि स्वास्थ्यकर्मीको सुविधासहित सुरक्षित स्थानमा राख्ने र अन्य व्यक्तिहरूसँग सम्पर्क हुन नदिने व्यवस्था मिलाउनु जरुरी हुन्छ।
तर त्यसैलाई कारण देखाएर सरकारले आफ्नै निर्णय कार्यान्वयन गर्न ढिलाइ गर्नु निकै चिन्ताजनक अवस्था भएको उनीहरू बताउँछन्। यो आपत्कालीन अवस्था भएकाले सरकारले आफ्नो निर्णयलाई तत्कालै कार्यान्वनय गराउनुपर्ने उनीहरूको धारणा छ।
नस्वास्थ्य विज्ञहरूका अनुसार कोरोनाभाइरस सङ्क्रमित क्षेत्रबाट उद्धार गरिने व्यक्तिहरूलाई उक्त भाइरस लागेकै छ भन्ने नभए पनि दुई सातासम्म निगरानीमा राख्नुपर्ने हुन्छ। त्यसका लागि स्वास्थ्यकर्मीको सुविधासहित सुरक्षित स्थानमा राख्ने र अन्य व्यक्तिहरूसँग सम्पर्क हुन नदिने व्यवस्था मिलाउनु जरुरी हुन्छ।
तर त्यसैलाई कारण देखाएर सरकारले आफ्नै निर्णय कार्यान्वयन गर्न ढिलाइ गर्नु निकै चिन्ताजनक अवस्था भएको उनीहरू बताउँछन्। यो आपत्कालीन अवस्था भएकाले सरकारले आफ्नो निर्णयलाई तत्कालै कार्यान्वनय गराउनुपर्ने उनीहरूको धारणा छ। बेइजिङस्थित दूतावासले चाहिँ उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाजलाई प्रयोग गर्ने समेत निर्णय भइसकेको बताएको छ।
दूतावासका उपप्रमुख सुशील लम्सालले उद्धार गरिएकाहरूलाई कहाँ र कसरी राख्ने भन्ने निर्णय कुरिरहेको बताए। सरकारी निर्णयबाट आशावादी देखिएका हुबेमा रहेका नेपालीहरूले उक्त निर्णय कार्यान्वयनमा देखिएको ढिलाइले आफूहरूलाई थप चिन्तित बनाएको बताएका छन्। कतिपय आलोचकहरू चाहिँ चीनबाट नेपालीको उद्धार गर्ने निर्णय कार्यान्वयनमा देखिएको ढिलासुस्तीले सरकारी निकायबीचको समन्वय अभावलाई फेरि एक पटक उजागर गरिदिएको रूपमा अर्थ्याउँछन्। विविसीमा प्रकाशित छ ।



लोकपाटी न्यूज