यस्ता छन् नेकपा बैठकबाट पारित ११ प्रस्ताव

NCP_Nekapa
लोकपाटी न्यूज

काठमाडौं। नेकपाको केन्द्रीय समिति बैठकले विभिन्न ११ प्रस्ताव पारित गरेको छ। बुधबारदेखि जारी नेकपाको बैठकले समसामयिक विषयका ११ प्रस्ताव पारित गरेको हो। बैठकले राजनीतिक प्रतिवेदन सर्वसम्मतीले पारित गरेको छ। अध्यक्षद्वयको तर्फबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन बैठकमा पेस गरेका थिए।

बैठकले महासचिव विष्णु पौडेलले पेस गरेको संगठनात्मक प्रतिवेदन पनि सर्वसम्मतिले पारित गरेको छ। यस्तै विधान संशोधन प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ। बैठकले सचिवालय सदस्य बामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।

त्यसैगरी नेकपाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विवाद समाधान गर्न समिति गठन गर्ने प्रस्ताव पारित गरेको हो। बैठकमा केन्द्रीय सदस्यले उठाएका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी विवाद समाधान लागि समिति गठनको प्रस्ताव गरेका थिए। बैठकमा अधिकांश केन्द्रीय सदस्यले एमसीसीको विरोध गरेपछि अध्यक्ष प्रचण्डले यस्तो प्रस्ताव गरेका हुन्।

झलनाथ खनाल संयोजक रहेको समिति सदस्यमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र नेता भीम रावल रहने प्रचण्डको प्रस्तावसमेत पारित भएको छ। समितिलाई १० दिनको म्याद दिइएको छ।

नेकपा बैठकबाट पारित ११ प्रस्ताव