बाजुरामा फेरी हिमपात, जनजीवन कष्टकर

sudur_himpat
फाइल तस्बिर
लोकपाटी न्यूज

बाजुरा । बाजुरामा फेरी हिमपात सु भएसँगै जनजीवन कष्टकर भएको छ । जिल्लाका उच्च स्थानमा हिमपात सुरु भएपछि चिसो बढेको हो। हिमाली क्षेत्रमा परेको भारी हिमपातका कारण चिसोले जनजीवन प्रभावित बनेको छ।

शनिबार बिहानादेखि सदरमुकाम मार्तडीसहित आसपासका हिमाली भेगमा हिमपात र जिल्लाको तल्लो क्षेत्रमा पानी परेको छ। सातौँपटक हिमपात भएसँगै जिल्लामा चिसो बढेको छ। हिमपातपछि कोल्टी विमानस्थल बन्द भएको छ। स्थानीय बजार पनि बन्द छन्। ग्रामीण क्षेत्रमा आवतजावत रोकिएको छ।

हिमाली क्षेत्रका गाउँमा परेको भारी हिमपातले एक गाउँदेखि अर्को गाउँसम्मको सम्पर्क टुटेको छ। हिमपातसँगै बढेको चिसोका कारण हिमाली क्षेत्रमा रहेका विद्यालय बन्द गरिएका छन्। बजार पसल पनि पूर्णरूपमा बन्द भएका छन्। चिसोले खुला स्थानमा बसोबास गर्ने भोट जनजातिलाई निकै सास्ती भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्