एजेन्सी। पार्टनरसँग सेक्सुअली कनेक्ट हुनु सम्बन्धमा इन्टिमेसीको एउटा राम्रो संकेत हो। यसले तपाईंको सेक्सुअल हर्मोन र शरीरलाई पनि स्वस्थ राख्छ। यद्यपि, बढ्दो स्वास्थ्य समस्याले तपाईंको यौन जीवनलाई बर्बाद पारिदिन सक्छ। त्यसैले आफ्नो स्वास्थ्य अवस्थाबारे तपाईंलाई राम्रोसँग जानकारी हुनुपर्छ। आज हामी तपाईँलाई यस्ता केही स्वास्थ्य समस्याबारे जानकारी दिँदै छौं जसले तपाईंको यौन जीवनलाई गम्भीर रूपमा प्रभावित पार्न सक्छ।
मधुमेहः मधुमेहका रोगी पुरुषलाई इरेक्सन र इज्याकुलेशनजस्तो समस्या हुनसक्छ। उच्च रक्तचापका कारण हाम्रो रक्त नली र नसामा खराब असर पर्छ। साथै यसले यौनाङ्गमा लागि आवश्यक साधारण रक्त प्रवाहलाई पनि प्रभावित गर्छ। जबकि यस्तो अवस्थामा महिलाको यौनाङ्ग सुख्खा हुने, पीडादायी यौन सम्बन्ध र यौन सम्बन्धमा अनिच्छालगायतका समस्या देखिन सक्छ। स्वस्थ र सफा खानामार्फत शारीरिक रूपमा आफूलाई सक्रिय राख्दा यो समस्याको हल हुने गर्छ।
अत्यधिक पीडाः शरीरको कुनै पनि भागमा भयानक पीडा वा क्रोनिक पेनले पनि तपाईंको यौनेच्छामा कमी ल्याइदिने गर्छ। यस्ता दुखाइबाट राहत पाउनका लागि डाक्टरको सल्लाहमा औषधीको प्रयोग गर्न सक्नुहुन्छ। यद्यपि, कुनै पनि औषधी लिनु अघि सतर्क हुनुहोस् किनभने केही पेनकिलरको साइड इफेक्ट हुन सक्छन् जसले तपाईँको यौन जीवन प्रभावित पारिदिन सक्छ।
मुटुरोगः यदि तपाईंलाई मुटु सम्बन्धी कुनै समस्या छ भने यौनबारे तपाईंले विरलै सोच्नुहुन्छ। विज्ञका अनुसार यदि कुनै व्यक्तिलाई केही समय अघि मात्रै हृदय घात भएको छ भे उनले केही समयका लागि यौनबारे सतर्क हुनुपर्छ।
डिप्रेशनः यो एउटा मानसिक अवस्था हो जसले तपाईंको मनको स्थितिलाई प्रभावित गर्छ। तपाईं सधैँ चिन्तित रहनुहुन्छ र यस्तोमा कुनै पनि क्रियाकलापमा समावेश हुन तपाईँलाई मन पर्दैन जसले तपाईंको मनोदशालाई ठिक स्थितिमा राख्न सकोस्। यसका लागि डाक्टरले तपाईंलाई केही औषधीबारे सुझाव दिन सक्छन् जसले तपाईंको यौन जीवनलाई पनि प्रभावित पार्न सक्छ। यसैबीच तपाईंले कामोत्तेजनामा मुश्किलको सामना गर्ने सम्भावना पनि रहेको हुन्छ। यस्तोमा औषधीको डोज कम वा औषधी नै परिवर्तन गरेर तपाईँले यस्तो समस्याबाट पार पाउन सक्नुहुन्छ। यद्यपि, सबैभन्दा पहिला डाक्टरसँग सल्लाह लिनुहोस्।
आर्थराइटिसः जोर्नीमा दुखाई वा ऐँठनले तपाईंको यौन जीवनलाई निकै हदसम्म खराब गर्न सक्छ। यौन जीवनका लागि शरीरको चालको आवश्यकता हुन्छ त्यसैले यस्तो समस्याले ग्रस्त भएकाहरूले यौन सम्बन्ध स्थापित गर्नबाट जोगिनुपर्छ।
कम टेस्टोस्टेरोन, रजनोवृत्तिः टेस्टोस्टेरोनको कमीसँग जुधिरहेका पुरुषमा पनि यौन सम्बन्धी समस्या हुनसक्छ। यो समस्या उमेरसँगै बढ्ने गर्छ किनभने टेस्टोस्टेरोन जस्ता सेक्स हर्मोन क्रमशः कम हुन थाल्छन्। जब महिलाको उमेर ४० देखि ५० वर्षभन्दा माथि लाग्छ तब उनीहरूको महिनावारी रोकिन सक्छ जसले शरीरमा एस्ट्रोजनको स्तर कम गरिदिने गर्छ।
रजनोवृत्तिका कारण महिलाको यौनाङ्ग सुख्खा हुने गर्छ भने यौनेच्छामा कमीको अनुभव गर्न सकिन्छ। यद्यपि, यो स्थितिमा पनि पुरुष र महिलाको शरीरमा सेक्सुअल हर्मोनको स्तरमा वृद्धिका लागि डाक्टरसँग सम्पर्क गर्नुहोस्।



लोकपाटी न्यूज

