काठमाडौं । हरेक वर्ष माघ शुक्लपञ्चमीको दिनमा मनाइने सरस्वती पूजा आज विभिन्न देशभर पूजाआराधाना गरी मनाइदैछ । श्रीपञ्चमीमा विद्याकी देस सरस्वतिको पू गरेमा सरस्वती खुशी भई विद्या दिने मान्यता रहि आएको छ ।
देशभरका सरस्वतीको मन्दिर तथा विद्याको पिठहरुमा स्रस्वतीको पूजाअचर्नाको लागि भक्तजनहरुको भिड लाग्ने गर्छ । विद्यालय नपठाएका साना बच्चाहरुलाई आजकै दिनबाट विद्यालय पठाउने चलन रहेको छ । भने विद्यालय टाढा पर्ने दुरदराजका अभिभावकले पनि आजकै दिन घरमा नै आफ्नो बच्चालाई कलम समाएर लेख्न सिकाउने परम्परा रहेको छ । नाक कान छेड्ने कार्य पनि आजै शुभ मानिन्छ ।
चन्द्रमा जस्तो गोरो वर्ण भएकी, हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई हंसबाहिनी, जगन्माता, बुद्धिधात्री लगायतका थुपै नामले पुकारने गरिन्छ । विद्या र सिर्जनाकी देवीको प्रतीकको रुपमा, कापी, कलम, किताब,बाध्ययन्त्र लगायतका आफ्नो सामग्रीको पनि पूजा गर्ने गरिन्छ ।
आजको दिनबाट सूर्य उत्तरतिर लाग्ने र दिन लामो हुदै जाने गर्दछ । ऋतुहरुको रानी मानिने वशन्त ऋतुको प्रारम्भ पनि आजकै दिनबाट हुने गर्दछ । त्यसैले आजको दिनलाई वशन्तपञ्चमी पनि भन्ने गरिन्छ । ऋग्वेदमा वाग्देवीको नामले प्रसिद्धी पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रम्हायणीको पूजाआराधानाले सबैप्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने विश्वास गरिन्छ ।
आजको दिन विवाह व्रतबन्धको लागि पनि शुभ मानिन्छ । वशन्त श्रवणको अवशरमा हनुमान ढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वशन्त श्रवण गर्ने प्रचलन छ । वशन्त श्रवणको साहित राष्ट्रिय पञ्चाङ्ग समितिले उपलब्ध गराउछ । आज विहान ९ बजेर ५ मिनेटमा साइत रहेको जनाइएको छ ।



लोकपाटी न्यूज
