काठमाडौं, १५ माघ। अमेरिकी सिनेटरले नेपाली प्रधानमन्त्रीलाई पठाएको पत्र चर्चामा आएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक सुरु हुँदै गरेको अवस्था, संसदले सभामूख पाएर संसदीय प्रक्रिया अघि बढाइरहेको अवस्था तथा एमसीसी पक्ष र विपक्षीमा जनमत बाँडिएको समयमा अमेरिकी सिनेटरले नेपाली प्रधानमन्त्रीलाई पठाएको पत्र चर्चामा आएको हो।
हुन् त यो पत्र केही महिना अघि को हो तर सामाजिक सञ्जालमा यतिबेला सार्वजनिक भएपछि यसले चर्चा सुरु गराएको छ। अमेरिकी सिनेटर रवर्ट मेनेन्देजले अक्टोबर ११, २०१९ मा पठाएको एक पत्र नेपालका प्रधानमन्त्रीलाई सम्बोधन गरी लेखिएको छ।
उनले सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई नामबाटै सम्बोधन गरेर तिब्बतीयन शरणार्थीमाथि अमेरिकी चासो गम्भिर रुपमा रहेको जनाउँदै यस अगाडि नेपालले शरणार्थीप्रति गरेको व्यवहारमा फेरबदल नआवोस् भनेका छन्।
चिनीयाँ राष्ट्रपतिको भ्रमणका बेला हुने समझदारीका बारेमा मिडियामा आएका विषयले थप गम्भिर बनाएको बताउँदै उनले अमेरिकी धारमा विपरित हुने त्यस प्रकारका समझदारी राम्रो नहुनेसमेत पत्रमा उल्लेख गरेका छन्।




लोकपाटी न्यूज

