काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राष्ट्रिय महाधिवेशन २०७७ चैतमा गर्ने प्रस्ताव गरिएको छ। नेकपा केन्द्रीय कमिटीको जारी बैठकमा अध्यक्षद्वयले पेस गरेको राजनीतिक प्रतिवेदनमा २०७७ चैत २५ देखि ३० गतेसम्म पार्टीको राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न प्रस्ताव गरिएको हो।
यस्तै २०७७ भदौदेखि मंसिरसम्ममा सबै स्थानीय तह र प्रदेश तहका अधिवेशनहरु सम्पन्न गर्न प्रस्ताव गरिएको छ। जारी केन्द्रीय समिति बैठकले अध्यक्षद्वयको प्रस्ताव जस्ताको तस्तै पारित गरी ०७७ चैत २५ देखि ३० गते पार्टीको राष्ट्रिय महाधिवेशन हुनेछ। राजनीतिक प्रतिवेदनमा साउनको दोश्रो हप्ताभित्र सबै जिल्ला कमिटीले जिल्लाको अभियानको समीक्षा गर्न प्रस्ताव गरिएको छ।
राजनीतिक प्रतिवेदनमा साउन महिनाको तेस्रो हप्तामा प्रदेश कमिटीले आ–आफ्नो प्रदेशको अभियानको समीक्षा गर्ने र प्रतिवेदन तयार गरी केन्द्रीय समितिमा पठाउने प्रस्ताव प्रतिवेदनमा छ। यसरी पठाइएका प्रतिवेदनहरु साउनको अन्तिम सातामा समग्र अभियानको समीक्षा गर्ने र प्रतिवेदन पारित गर्ने उल्लेख छ।
बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन मन्तव्य राखेका थिए। त्यस्तै कार्यकारी अध्यक्ष प्रचण्डले बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। बैठकको उद्घाटन सत्रपछि प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। प्रचण्डको प्रतिवेदनपछि केन्द्रीय सदस्यहरुलाई १५ समूहमा विभाजन गर्ने तयारी गरिएको छ।
राजनीतिक प्रतिवेदनको पूर्णपाठ
[embeddoc url=”https://archive.lokpati.com/wp-content/uploads/2020/01/Prachaanda-pratibedan.pdf” download=”all”]



लोकपाटी न्यूज

