राष्ट्रिय महाधिवेशन २०७७ चैतमा गरौं : प्रचण्ड

Prachanda
लाेकपाटी न्यूज

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राष्ट्रिय महाधिवेशन २०७७ चैतमा गर्ने प्रस्ताव गरिएको छ । नेकपा केन्द्रीय कमिटीको जारी बैठकमा अध्यक्षद्वयले पेस गरेको राजनीतिक प्रतिवेदनमा २०७७ चैत २५ देखि ३० गतेसम्म पार्टीको राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न प्रस्ताव गरिएको हो।

यस्तै २०७७ भदौदेखि मंसिरसम्ममा सबै स्थानीय तह र प्रदेश तहका अधिवेशनहरु सम्पन्न गर्न प्रस्ताव गरिएको छ। जारी केन्द्रीय समिति बैठकले अध्यक्षद्वयको प्रस्ताव जस्ताको तस्तै पारित गरी ०७७ चैत २५ देखि ३० गते पार्टीको राष्ट्रिय महाधिवेशन हुनेछ। राजनीतिक प्रतिवेदनमा साउनको दोश्रो हप्ताभित्र सबै जिल्ला कमिटीले जिल्लाको अभियानको समीक्षा गर्न प्रस्ताव गरिएको छ।

राजनीतिक प्रतिवेदनमा साउन महिनाको तेस्रो हप्तामा प्रदेश कमिटीले आ–आफ्नो प्रदेशको अभियानको समीक्षा गर्ने र प्रतिवेदन तयार गरी केन्द्रीय समितिमा पठाउने प्रस्ताव प्रतिवेदनमा छ। यसरी पठाइएका प्रतिवेदनहरु साउनको अन्तिम सातामा समग्र अभियानको समीक्षा गर्ने र प्रतिवेदन पारित गर्ने उल्लेख छ।

केन्द्रीय समिति बैठकको प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए। बैठकमा ओलीले सरकारका कामहरुको फेहरिस्त गर्दै सरकारको प्रतिरक्षा गर्न केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका छन्। सम्बोधनमा ओलीले सरकारका उपलब्धीको लामो सूची प्रस्तुत गरेका छन्। बुधबार नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सरकार गठन भएदेखि अन्तर्राष्ट्रिय सूचकांकहरुमा समेत सुधार भएको लामो सूची पेश गरे।

ओलीले सरकारका उपलब्धीको लामो सूची प्रस्तुत गरेका छन्। बुधबार नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सरकार गठन भएदेखि अन्तर्राष्ट्रिय सूचकांकहरुमा समेत सुधार भएको लामो सूची पेश गरे। सरकारविरुद्ध प्रचार युद्ध चलाइएको र सरकारले त्यसको जवाफ कामबाट दिँदै गएको बताए। ओलीले आर्थिक बृद्धिदर नराम्रो नभएको दाबी गरेका छन्। उनले भने, ‘सरकार गठनपछि २ वर्षमा लगानी सम्भेलन गरेर लगानी पनि बढेको छ। लगानीकर्तालाई सहज सुविधा उपलब्ध गराएका छौं।’

ओलीले व्यापार घाटा अघिल्लो वर्षको तुलनामा घटेको र निर्यातमा बृद्धि भएको जानकारी दिए। उखु किसानलाई केही समस्या रहेको सुनिए पनि सरकारले किसानलाई अनुदान उपलब्ध गराइरहेको बताए। अनुदान प्राप्त हुँदा कृषिमा उत्पादन पनि बृद्धि भइरहेको दाबी गरे। ओलीले फलाम कम्पनी लिमिटेड स्थापना, दैलेखमा पेट्रोल अन्वेषणको कार्य सुरु भएकाले यी चिज अगाडि बढाउँदा नेपालको अर्थतन्त्रमा सकरात्मक असर पर्ने निश्चित भएको धारणा राखे।