काठमाडौं, १५ माघ। कक्षा ४ मा अध्ययनरत एक विद्यार्थीविरुद्ध भारतमा देशद्रोहको मुद्दा दर्ता भएको छ।नागरिकता ऐन संशोधनसम्बन्धी नाटकमा अभिनय गरेको आरोपमा विद्यार्थीमाथि देशद्रोहको मुद्दा दर्ता भएको हो।
कर्नाटक प्रहरीले विद्यार्थीमाथि देशद्रोहसम्बन्धी मुद्दा लगाएको भारतीय सञ्चार माध्यमले जनाएको छ। नाटकको दृश्यले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको छवि कलंकित गरिएको प्रहरीको दाबी छ।
बनेको नाटक व्यवस्थापनविरुद्ध पनि मुद्दा दर्ता भएको छ। नाटकले राजद्रोह र शान्ति भंग गरेको प्रशासनको आरोप छ।



लोकपाटी न्यूज

