अग्नि सापकाेटाले दिए नेकपाबाट राजीनामा

Agni_Sapkota
लाेकपाटी न्यूज

काठमाडौं, १३ माघ। नवनिर्वाचित सभामूख अग्निप्रसाद सापकोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट राजीनामा दिएका छन्। नेपालको संविधानको धारा ९१ तथा प्रतिनिधी सभा नियमावली अनुसार सापकोटाले सोमबार प्रतिनिधि सभा को सभामूख पदको शपथ लिई पदभार ग्रहण गरेका हुन्।

संघीय संसदको प्रतिनिधि सभामा सभामूखको स्वतन्त्र भूमिकालाई स्वतन्त्र तथा निष्पक्ष रुपमा निर्वाह गर्नको लागि आफूले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट  राजीनामा दिएको सभामूख सापकोटाद्वारा सोमबार जारी विज्ञप्तिमा जनाइएको छ। राजनीतिक दलको सदस्यताबाट अलग रहेको सापकोटाले जनाएका छन्।

rajinama

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्