एनसेल टावरमा आगजनी

Ncell-Bisphot
फाइल फोटो
लाेकपाटी न्यूज

नवलपुर। पूर्वी नवलपरासीका दुई एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेका छन्। आइतबार राती बौदीकाली गाउँपालिका २ को कोटथरमौला र कावासोती नगरपालिका १७ बुनौलीमा रहेका एनसेल टावरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका निरीक्षक एंव सूचना अधिकृत गणेशबहादुर नराल क्षेत्रीले जानकारी दिए।

टावरमा आगजनी भएको खबर पाएपछि प्रहरीको टोली त्यस स्थानमा पुगेको थियो। एनसेल टावर रहेको कम्पाण्डको ताला फोडेर आगजनी गरिएको हो । जुटको बोरामा मट्टितेल राखेर गरेको आगजनीबाट जेनेटर र मेसिनमा क्षति पुगेको प्रहरी निरीक्षक क्षेत्रीले बताए।

स्थानीयको सहयोगमा समयमा आगो नियन्त्रण लिएकाले थप क्षति हुन नपाएको उनले जानकारी दिए। आगजनी गर्ने व्यक्तिहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। आगजनी विप्लव समूहले गरेको हुन सक्ने आशंकका प्रहरीको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्