काठमाडौं, १२ माघ। प्रतिनिधिसभाका नवनिर्वाचित सभामूख अग्निप्रसाद सापकोटको शपथ सोमबार बिहान हुने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति कार्यालय शीतल निवासमा नवनिर्वाचित सापकोटाले शपथ लिने कार्यक्रम तय भएको छ।
प्रतिनिधिसभाको आइतबारको बैठकबाट सांसद सापकोटा सभामूखमा निर्विरोध निर्वा्चित भएका थिए। नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट सभामूखले शपथ लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।



लाेकपाटी न्यूज

