चितवन, १० माघ। पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेता अग्नि सापकोटामाथि कुनै मुद्दा नरहेको बताएका छन्। शुक्रबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले सापकोटामाथि मुद्दा छ भनेर गरिएको प्रचार सत्य नभएको बताएका हुन्।
प्रतिनिधिसभाको सभामूख पदमा नेकपाबाट सिफारिस भई मनोनयन दर्ता गरेका सापकोटाविरुद्धमा मुद्दा भएको सन्दर्भमा सोधिएको प्रश्नमा दाहालले भने, मैले पटक-पटक भनिरहेको छु, अग्नि सापकोटामाथि कुनै मुद्दा छैन।
सिङ्गै संसद्ले उनलाई स्वीकार गरिसकेको भन्दै उनले थपे, उनको पक्षमा राष्ट्र एक ठाउँमा उभिइसक्यो, यो विषयलाई अनावश्यक रूपमा प्रचार गर्नु कुनै औचित्य छैन। प्रचण्ड नवलपरासीमा हुने दुई कार्यक्रममा सहभागी हुन् हवाईमार्ग हुँदै चितवन आएका हुन्।



लाेकपाटी न्यूज

