काठमाडौं, १० माघ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले नेकपा र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीचको गठबन्धनलाई जनताले अनुमोदन गरेको बताएका छन्। शाहले गठबन्धनका सबै उम्मेदवार विजयी हुनु गठबन्धन अनुमोदित भएको बताएका हुन्।
बिहीबार सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेकपा र राजपाले गठबन्धन बनाई संयुक्त उम्मेदवारी दिएर विजयी भएको र यसको निरन्तरता हुनुपर्ने स्पष्ट जनमत रहेको अध्यक्ष साहले बताए।
अध्यक्ष साहले गठबन्धनका चारै जना उम्मेदवारले गठबन्धनको भोटभन्दा दोबर मतले विजयी हुनु भनेको गठबन्धन सही भएको र प्रदेश दुईको स्पष्ट जनादेश भएको दाबी गरे।



लाेकपाटी न्यूज

