राजेन्द्र बिक/ बाजुरा, ९ माघ। बडिमालिका नगरपालिका वडा नम्बर ५ मा रहेको मना शहरी स्वास्थ्य केन्द्रमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविका र कर्मचारीलाई झोला बितरण गरिएको छ। वडा कार्यालयको आर्थिक सहयोग र शहरी स्वास्थ्य केन्द्र सञ्चालक समितिको समन्वयमा झोला बितरण गरिएको हो।
औषधी बोकेर घर दैलोसम्म सेवा उपलब्ध गराउन सहज र कर्मचारीलाई हौसला प्रदान होस् भनि झोला बितरण गरिएको वडा अध्यक्ष एवं सहरी स्वास्थ्य केन्द्र सञ्चालक समितिका संयोजक बल बहादुर थापाले बताए।
झोला पाएपछि आफूहरुलाई औषधी उपकरण बोकेर समुदायमा जान सहज हुने भएकोले आफूहरु हर्षित भएको स्वास्थ्य इञ्चार्ज छत्र साउदले बताए। झोला ३ जना महिला स्वास्थ्य स्वयंसेविका र ४जना कर्मचारीलाई बितरण गरिएको हो।



लाेकपाटी न्यूज

