राजेन्द्र बिक/ बाजुरा, ९ माघ। बाजुरा गौमुल गाउँपालिकामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौमुल गाउँपालिका वडा १ दुर्गा्लि घर भएका ५३ वर्षका झिर्के रोकाया रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमूख डिएसपी टंकप्रसाद भट्टराईले बताए।
मृतकको पोष्टमार्टम जिल्ला अस्पताल बाजुरामा राखिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घटनास्थलबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।



लाेकपाटी न्यूज