काठमाडौं, ८ माघ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले बाबुराम भट्टराई, अशोक राई समाजवादीमा निरिह भएर बस्नुपरेको स्थिति रहेको बताएका छन्। प्रचण्डले साना पार्टी बनाएर झमेला गरिरहनुभन्दा नेकपामै मिल्न आए जनताका लागि राम्रो हुने बताए।
समाजवादीका कार्यकर्तालाई नेकपामा भित्र्याउँदै बुधबार काठमाडौंमा प्रचण्डले समाजवादी पार्टी नेपालका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवलाई नेकपामै मिल्न आउन आग्रह गरे। अलगरअलग चुल्हो चौका लगाएर हुनेवाला केही छैनभन्दै मिलेरै जनतालाई विकास दिनको लागि नेकपामा आउँन आग्रह गरे।



लाेकपाटी न्यूज

