चीनमा कोरोना भाइरसको संक्रमण, ९ को मृत्यु

Korona_Virus
लाेकपाटी न्यूज

एजेन्सी। चीनमा कोरोना भाइरसको संक्रमणबाट ९ जनाको मृत्यु भएको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बुधबारसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको जनाएको हो।

आयोगका अनुसार भाइरसबाट ४ सय ४० व्यक्ति संक्रमित भइसकेका छन्। देशको सरकारी स्वास्थ्य निकायले अहिलेसम्म पूर्ण रुपमा पहिचान भई नसकेको कोरोनाभाइरस म्युटेट९उद्विकास० हुनसक्ने र त्यस अवस्थामा परिस्थिति निक्कै डरलाग्दो हुने चेतावनी दिएको छ।

विश्व स्वास्थ संगठनले बुधबार नै कोरोनाभाइरस सम्बन्धमा आकस्मिक बैठक बोलाएको छ। वैठकमा कोरोनाभाइरसको प्रकोपलाई विश्वव्यापी जनस्वस्थ संकटकाल घोषणा गर्ने नगर्ने विषयमा चर्चा हुनेछ।

कोरोनाभाइरस चीनबाट थाइल्याण्ड, ताइवान, जापान, दक्षिण कोरिया र अमेरिकामा पुष्टि भइसकेको छ। बुधबार चीनको स्वशासित क्षेत्र मकाउमा पनि एक संक्रमित भेटिएका छन्। चीनले कोरोनाभाइरसको प्रकोपलाई महामारीकै हाराहारीमा वर्गिकरण गरेको छ। यस वर्गिकरणमा परेका रोगका विरामीलाई अनिवार्य एक्लै छुट्याइन्छ र यात्रामा क्यारेन्टाइनको व्यवस्था गरिन्छ।

चीनले यस पट सार्स महामारीको समयमा भन्दा निक्कै पारदर्शिता अपनाएको छ । सार्स प्रकोपको समयमा सुचना लुकाउदाँ संक्रमण ३७ देशमा फैलिन पुगेको थियो र ७५० ले ज्यान गुमाएका थिए। पहिचान भएको उहानमा मानिसलाई घरबाहिर ननिस्कन आह्वान गरिएको छ।