के कारणले टुट्छ सम्बन्ध ?

Divorce01
प्रतिकात्मक तस्बिर
लाेकपाटी न्यूज

काठमाडौं। मानिसबीच सबैभन्दा सम्बन्ध बढाउने आधार विश्वास हो । तर कतिपय अवस्थामा विश्वास नै टुट्ने र एकाएक सम्बन्धमा दरार आउने गर्दछ। वर्षौंको सम्बन्ध मात्रा एक मिनेटमा अर्थात् कुनै साधारण कारणले टुट्न सक्छ ।

सम्बन्धलाई टिकाइराख्न मानिसले धेरै कुरामा ध्यान दिनुपर्छ। तर अक्सर मानिसहरु विभिन्न कारणहरु बाधक बनिदिँदा सम्बन्धमा चिसोपना आउँछ र टुट्ने गर्दछ। आखिर सम्बन्ध टुट्ने कारण के हो त ? यसबारे हामी केहि टिप्स दिँदैछौ ।

अति व्यस्त हुनु

सम्बन्ध टुट्ने सबैभन्दा प्रमूख कारण मानिसहरु आफ्नो काम वा दैनिकीमा अति ब्यस्त हुनु पनि हो। मानिसहरु सम्बन्धलाई भन्दा आफ्नो पेशा वा कामलाई प्राथमिकता दिँदा पार्टनरलाई आफूप्रति कम समय दिएको भान हुन्छ । जसको कारण ख्यालख्याल मै सम्बन्ध टुट्न सक्छ ।

नयाँ परिवेशमा रमाउनु

कतिपय मानिसहरु नयाँ स्थान वा सम्बन्धमा परेपछि पुरानो सम्बन्धलाई कम ध्यान वा प्राथमिकता दिने गर्दछन्। यस्तोमा नयाँ परीवेशमा रमाएकै कारण आफ्नो विगतको सम्बन्धमा दुरी बढ्न थाल्छ र एकाएक फाटो आउने गर्दछ ।

अनलाइनमा ध्यान नदिनु

केही मानिसहरु अनलाईन वा इन्टरनेटको पहुँचमा रहँदा पनि आफ्नो सम्बन्धलाई प्राथमिकता दिँदैनन्। जबकी आफ्नो पार्टनरले त्यसबेला थोरै भएपनि आफूसँग कुरा गरोस् भन्ने चाहाना राखेको हुन्छ। तर कतिपय मानिस अनलाइनमा हुँदा पार्टनरलाई भन्दा अन्यत्र बढी समय दिने गर्दछन् जसले दुबैबीच चिसोपना आउँछ र सम्बन्ध टुट्ने गर्दछ ।

राम्रो प्रतिक्रिया नदिनु

कुनै पनि सम्बन्धको दरिलो आधार भनेको दुबैबीच प्रतिकृया आदानप्रदान हुुनु हो। कोही एकले लगातार गरिएको प्रश्न वा जिज्ञासामा अर्काे व्यक्तिले राम्रो प्रतिक्रिया जनाएन भने त्यस सम्बन्धमा पनि दरार आउन सक्छ । यस्तोमा सम्बन्ध कुनै ठूलो कारणको अभावमा पनि टुट्न सक्छ।

सम्मानपूर्वक व्यवहार नगर्नु

केही मानिसले आफ्नो पार्टनरलाई कमजोर ठाँन्ने र सम्मानपूर्वक व्यवहार गर्दैनन्। जसले सहने पक्षलाई यसले नियमित पीडा दिने गर्दछ। आफूमा हिनताबोध वा आक्रोश आउन थाल्छ र सम्बन्ध भित्र आफ्नो अस्तित्व खोज्न थाल्छ। त्यसले हरेक सम्बन्धमा सम्मानपूर्वक व्यवहार हुनु आवश्यक छ। अन्यथा मपाई भएकै कारण  सम्बन्ध टुट्न सक्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्