कम यौनसम्पर्क गर्ने महिलाको रोकिन्छ महिनावारी

Woman_menstruation
लाेकपाटी न्यूज

काठमाडौं। धेरै कम यौनसम्पर्क गर्नेहरूको चाँडै महिनावारी रोकिने एक अध्ययनले पत्ता लागेको छ। अनुसन्धानकर्ताले सप्ताहमा एक पटक यौनसम्पर्क गर्नेहरू भन्दा महिनामा एक पटक यौन सम्पर्क गर्नेहरू २८ प्रतिशतले चाँडै महिनावारी रोकिएको पत्ता लगाएका हुन्।

यौनसम्पर्कका कारणले शारीरिक रूपमा गर्भवती हुने अङ्गहरू क्रियाशील भइरहने भएकाले महिनावारी रोकिँदैन। जब कि अर्धवैंशे उमेरका महिलाले शारीरिक सम्पर्क गर्न छोडेपछि महिनावारी हुने दर घट्छ।

बेलायतको लन्डनस्थित युनिभर्सिटी कलेजका मानव शास्त्री मेगान आर्नोटका अनुसार यदि तपाईँले बच्चा नपाउने भएपछि डिम्बाशयबाट डिम्बा निसेचन हुन छोड्छ, त्यो शक्तिलाई अन्यत्रै सञ्चय गर्नको लागि महिनावारी रोकिन्छ। डिम्बासयबाट डिम्बा निष्कासन हुने अवस्थामा रोग प्रतिरोधात्मक शक्ति कम हुने भएकाले रोग लाग्ने जोखिम अत्यधिक हुने उनी बताउँछन्।

यदि गर्भाधारण नगर्ने भएपछि शारीरिक सम्पर्क कम हुँदै जाने भएकाले शरीरले डिम्बा निष्कासनको लागि शक्ति खर्च गर्न छोड्छ। सन् १९९६ देखि अमेरिकाभर सुरु भएको अर्धवैंशे महिला स्वास्थ्यमा आधारित रहेको तथ्याङ्कलाई अनुसन्धान गर्दा यस्तो पत्ता लागेको हो। अनुसन्धानमा करिब तीन हजार ४५ वर्षीय महिलालाई लक्षित गरिएको सीएनएनले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्