विश्वप्रकाशको प्रश्न, कुन पदमा कस्तो प्रवृत्ति ?

bishwa prakash
लाेकपाटी न्यूज

काठमाडौं। सभामूख चयनको विषयमा प्रमुख प्रतिपक्ष दल काँग्रेसले प्रश्न उठाएको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो प्रश्न गरेका छन्।

‘दल या सरकारको नेतृत्वभन्दा संसद्को नेतृत्व फरक गरिमा, शालीनता र सन्तुलनको संस्कारगत छविसमेत अनुभूति हुनुपर्ने जिम्मेवारी हो, सत्य निरूपणको टेबुलमा थियो त अलग कुरा अन्यथा अदालतमा विचाराधीन मुद्दामा के उन्मुक्ति दिने अधिकार राख्ने थलो हुन् राजनैतिक दल या संसद् ?’, शर्माले प्रश्न गरेका छन्।

महत्त्वपूर्ण पदमा राजनीति छनौट उचित नभए गम्भीर समस्या उत्पन्न हुनेसमेत उनले प्रस्ट पारेका छन्। ‘राजनीतिमा अनेक पात्र र प्रवृत्ति हुन्छन्, कुन पदमा कस्तो प्रवृत्ति छनौट उचित भएन भने त्यो पदको गरिमा त धरापमा पर्छ नै राजनीतिप्रति नै थप वितृष्णा बढ्छु’, शर्माले थपेका छन्,’श्री पशुपतिनाथले बहुमतधारी नेकपालाई सद्बुद्दी प्रदान गरुन्।’

आइतबार नेकपाले सभामूखको नाम टुङ्गो लगाएको छ। सभामूखका उम्मेदवारको टुङ्गो लागेसँगै सोमबार उपसभामूख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएकी छन्।