इतिहासमा आज : जनवरी २० मा विश्वमा के-के भयाे ?

lokpati banner
लाेकपाटी न्यूज

काठमाडौं । आज माघ छ गते सोमबार २०७६ अर्थात सन् २०२० को जनवरी २० तारिक हो । आजको दिन नेपाल र विश्व इतिहासमा भएका घटनाक्रममध्ये केही महत्वपूर्ण घटनाक्रमहरुः

आजको दिन सन् २००९ मा बाराक ओबामा पहिलो अफ्रिकी अमेरिकी राष्ट्रपतिको रुपमा अमेरिकाको ४४ औं राष्टपति भएका थिए। उनी अमेरिकाका पहिलो अश्वेत राष्ट्रपति हुन्। उनले २० जनवरी २००९ मा सपथ ग्रहण गरेका थिए । विश्व शान्तिमा उल्लेखनीय योगदान पुर्याएको भन्दै राष्टपति बाराक ओबामालाई २००९ मा नोबेल पुरस्कार प्रदान गरिएको थियो। ओबामाले २० जनवरी २०१७ सम्म कार्यकाल समहालेका थिए।

सन् २०१४ मा आजकै दिन दक्षिण कोरियामा २ करोड बराबरको क्रेडिट कार्ड ह्याक भएको थियो । दक्षिण कोरिया पुर्वी एसियामा अवस्थित एउटा राष्ट्र हो। क्रेडिट कार्ड बै.कले उपलब्ध गराउनेप्लास्टिक पेमेन्ट कार्ड हो ।

आज आप्पा शेर्पाको जन्मदिन हो । आजकै दिन बि.सं.२०१६मा शेर्पाको जन्म भएको थियो। एनले सर्वोच्च शिखर सगरमाथाको २१ औं पटक सफल आरोहण गरी विश्व किर्तिमान कायम गरेका थिए । पछिल्लो समय २४औं पटक सगरमाथा आरेहण गरी कामिरिता शेर्पाले किर्तिमानी राखेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्