काठमाडौं । अनियमित जीवनशैलीको कारण आज धेरै मानिस स्वास्थ समस्याले ग्रस्त छन्। स्वास्थ समस्याको कारणमा मोटोपन पनि एक हो । मोटोपन आज धेरैमा समस्या बनेको छ । मोटोपन आफैमा रोग होइन । तर, धेरै रोगको लागि उर्भर भूमी हो ।
मोटोपनले धेरै रोगलाई जन्म दिन्छ र कतिपय रोगलाई आमन्त्रण गर्दछ । मोटोपनको कारण मुटु रोग ब्लड प्रेसर,महिलाहरुमा महिनावरी समस्या,बाँझोपनको समस्या आउन सक्छ। मेटोपनले मधुमेह, जोर्नी समस्या,कम्मरमा समस्या छिटो थकान आदि समस्या आउन सक्छ ।
मोटोपन हुनुका धेरै कारणहरु छन् । हामीले खानाबाट खर्च गर्ने क्यालोरी बढि भएर खर्च कम भएमा पनि मोटोपना बढ्छ। खनाबाट प्राप्त क्यालोरी ग्याइकोजिन तथा चिल्लोको रुपमा शरीरमा सञ्चित हुन्छ र शरीरमा मोटोपनाको बृद्धि हुदै जान्छ । यसरी हेर्दा अधिक भोजन र व्यायमको कम हुनु मोटोपनाको मुख्य कारण हो ।
ग्रन्थिहरुबाट स्रावित हर्मोन्स सन्तुलित नहुनु , महिलाहरुको महिनावरी गडबडि तथा सन्तान उत्पादन पश्चात पनि मोटोपना आउछ । मासु, घ्यू भात, केरा,आलु,मिठाईहरु, तारे भुटेका खाना, खादा पनि मोटोन बढ्नमा सहयोग गर्छ । पटकपटक खानु, भोकबिना खानु, राम्ररी नपचाई खानाले पनि मोटोपना बढ्न मदत गर्छ ।
मोटोपना कम गर्न विहान बेलुका हिड्ने, भोजनलाई घटाउने, तथा योगलाई बढाउने गर्नुपर्छ। भेजनको स्थानमा भातलाई घटाउने र फलफुल,सलाद र तरकारी बढाउने गर्नुपर्छ। गुलिया र चिल्ला चिजलाई घटाई तितो टर्रो चिजलाई बढवा गर्नुपर्छ।
भोजनसँगै कम मात्रामा पानी पिउन सकिन्छ । तर, भोजन अगाडि र पछाडि पान पिउनु हुदैन । पानी आदि घण्टा अगाडि वा पछाडि पिउनु पर्छ। बिहानको भोजन भारी लिन सकिन्छ। तर,बेलुकाको भोजन हल्का र सुत्नुभन्दा ३र४घण्टा पहिले नै लिनु राम्रो मानिन्छ । नुनको प्रयोग कम गर्नु पनि राम्रो मानिन्छ।



लाेकपाटी न्यूज

