काठमाडौं, ५ माघ । उपसभामूख शिवामाय तुम्वाहाङ्फेलाई केपी शर्मा ओलीले बालुवाटार बोलाएका छन्।प्रधानमन्त्रीले बालुवाटार बोलाएपछि तुम्बाहाङ्फे केहीबेर अघि सिंहदरवारबाट बालुवाटारतर्फ प्रस्थान गरेकी छन्।
बालुवाटारमा तुम्बहाङ्फेले आफ्नो राजीनामाबारे प्रधानमन्त्रीसँग छलफल र आफूले राजीनामा दिएपछि संसद सञ्चालनबारे कुराकानी गर्ने बुझिएको छ। यसअघि नेकपाले सभामुखमा उम्मेदवारी दिने घोषणा गरेपनि उम्मेदवारबारे टुङ्गो लाग्न ढिलाइ हुँदा र उपसभामुख शिवमाया तुम्वाहाङफेले राजीनामा दिन ढिलाइ गर्दै आएकी थिइन् ।
तर, आइतबार नेकपाका दुई अध्यक्षबीच सभामुखमा नेकपाका अग्नि सापकोटाले उम्मेदवारी दिनेमा सहमति भएको छ । योसँगै उनले सोमबार बस्ने प्रतिनिधि सभाको बैठकअघि संसदको जेष्ठ सदस्यलाई राजीनामा बुझाउने तयारी गरेकी छन्।



लाेकपाटी न्यूज

