म सभामूखकाे दौडमा छैन : जनार्दन शर्मा

Janardan-Sharma
लाेकपाटी न्यूज

काठमाडौं, ३ माघ। नेकपाका नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले सभामूख पदको लागि आफ्नो कुनै दाबी नभएको बताएका छन्। सभामूखको विषयले संसद चल्न नसकेको भन्दै नेता शर्माले यस्तो अवस्थामा छिटो टुङ्ग्याउनका लागि नेताहरू सहजीकरणको भूमिकामा लागेको सामाजिक सञ्जाल फेसबुकमार्फत् शुक्रबार स्टाटस लेख्दै जानकारी गारएका हुन्।

नेता प्रभाकरले फेसबुकमा लेखेका छन्, ‘सभामूखको बिषयले संसद चल्न नसकी रहेको अवस्थामा छिटो टुङ्ग्याउनका लागि नेताहरू बिचमा सहजीकरणको भूमिकामा लागेको साचो हो तर म आफै सभामूख हुनका लागि होइन र दाबी पनि छैन।’

status