नेपाली नियोगका कर्मचारीको तलब बढ्यो

mony
लाेकपाटी न्यूज

काठमाडौं। सरकारले विदेशस्थित नेपाली नियोगमा काम गर्ने कर्मचारीको तलब वृद्धि गरेको छ। सम्बन्धित देशको न्यूनतम तलब अनुसार नेपाली नियोगमा काम गर्ने स्थानीय कर्मचारीको तलब वृद्धि गरिएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

कुन देशको नियोगमा कार्यरत कर्मचारीको कति प्रतिशत तलब बढेको भन्नेबारे भने मन्त्री बाँस्कोटाले केही खुलाएनन्। सरकारले चिनसँग फौजदारी विषयमा कानुनी साझेदारी गर्ने निर्णय पनि गरेको छ।

नेपाल र चीनबीचको फौजदारी विषयमा पारस्परिक कानुनी सहायता सम्बन्धी सन्धिलाई स्वीकृत गरी संघीय संसदमा जानकारीका लागि पेश गर्ने निर्णय भएको सञ्चारमन्त्री बाँस्कोटाले जानकारी दिए।

Tags
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्