दुर्गा प्रसाइँलाई पक्राउ गर्न अदालतको अनुमति

Bhaktapur_Adalat
लाेकपाटी न्यूज

काठमाडौं। जिल्ला अदालत भक्तपुरले झापास्थित बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाइँलाई अनुसन्धानका लागि पक्राउ गर्न अनुमति दिएको छ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हालेका थिए। उक्त मुद्दामा अनुसन्धान र बयानका लागि प्रसाइँलाई पक्राउ गर्न प्रहरीले अनुमति मागेको थियो। भक्तपुरका एसपी सविन प्रधानले पक्राउ गर्ने अनुमति जिल्ला अदालतबाट लिइएको बताए।

डा गिरीले बी एण्ड सीका सञ्चालक प्रसाइँले २० करोड घुस मागेको आरोप लगाएर बेइज्जती र मानहानी गरेको भन्दै कडा कारबाहीको मागसहित मुद्दा दायर गरेका थिए। त्यही मुद्दामा पक्राउ गर्न अदालतले प्रहरीलाई अनुमति दिएको हो।

लगत्तै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेका थिए। तर प्रसाइँ भने निवासमा नभेटिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्