कृषिको विकासका लागि कुनै पनि कसर बाँकी राख्दैनौं : कृषिमन्त्री भुसाल

Ghana Shyam Bhusal
लाेकपाटी न्यूज

बुटवल, १ माघ । कृषि मन्त्री घनश्याम भुसालले संघीय सरकार, स्थानीय निकाय र प्रदेश सरकारको प्रथमिकतामा कृषि क्षेत्र परेको बताएका छन्। रुपन्देहीका ४ वटा गाउँपालिका, मत्स्य सुपर जोन र मत्स्य उत्पादक किसान संघ रुपन्देहीको आयोजानमा रुपन्देहीको सियारी गाउँपालिका ७ अमुवामा ५ दिने रुपन्देही मत्स्य, कृषि उद्घाटन गर्दै कृषि मन्त्री भुसालले कृषिको विकासका लागि कुनै पनि कसर बाँकी नराख्ने बताए।

उनले अहिले पनि विभिन्न समस्याहरु रहेको भन्दै कानूनमा धेरै कुरा परिर्वतन गरेर पनि व्यवहारिक रुपमा भने ठोस काम गर्न बाँकी रहेको बताए। उने भने, ‘हामी २० वर्षमा धेरै काम गरेका छौं, विश्वका कमै मात्रै व्यक्तिहरुले गरेको काम हामीले गरेका छौं।’

हामी नेपाली एक ठाउँमा छौ भन्ने विशेष सन्देश प्रदान गर्न सफल भएको भन्दै मन्त्री भुसाल संविधान सभाबाट नै संविधान जारी भएको बताए। मन्त्री भुषालले संविधान मौलिक, हक अधिकारका विषयमा धेरै काम गर्न सफल भएको भन्दै खाद्य ऐन निर्माण गरिएको बताए। मन्त्री भुसालले अव आर्थिक विकासको लागि तयार भएको बताउँदै यसमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्